Comments Add Comment

‘राष्ट्रपतिको सरकार’लाई गगन थापाका ६ प्रश्न

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रम अलमल्एिको निबन्धजस्तो भएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो थप टिप्पणी नभएको भन्दै केही प्रश्न उठाए ।

तर, राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम पेश गर्दा मेरो सरकार भनेकोमा उनले राष्ट्रपतिलाई तपाईंको सरकार भन्दै ६ प्रश्न गरेका हुन् ।

प्रश्न १ः यो वर्ष तपाईंको सरकारले संसदलाई आदेश दियो, अदालतलाई तर्सायो, संवैधानिक आयोगलाई गिजोल्यो । के यो वर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ ?

प्रश्न २ः चालु वर्षमा तपाईको सरकारले नागरिकको आधारभूत स्वतन्त्रता खोस्न कानुन बनाउने प्रयास ग¥यो । भएको कानुनको पनि दुरुपयोग ग¥यो । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

प्रश्न ३ः राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न उक्सायो । राष्ट्रपतिको संस्थालाई बदनाम गराउने काम ग¥यो । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

प्रश्न ४ः संघीयता कार्यान्वयनका निम्ति बनाउने पर्ने कार्यक्रम बनाए । आवश्यक कानून बनाएन, नियम बनाएन, कर्मचारी पठाएन । स्रोत र साधान मुठ्ठी कसेर राख्यो तर आदेश भनेर दियो । मुख्यमन्त्रीलाई अञ्चलाधीश जस्तो, स्थानीय तहलाई विभाग जस्तो व्यवहार ग¥यो । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

प्रश्न ५ः भ्रष्टाचार गर्दै गर्दिनँ । हुन पनि दिन्न । भयो भने विद्या नस्ट भनेर कसम खायो । तर, एकसे एक काण्डहरुमा प्रधानमन्त्रीले अनुसन्धानलाई प्रभावित गर्ने गरी पहिल्यै फैसला सुनाउनुभयो, यो दोषी यो निर्दोषी भनेर । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

प्रश्न ६ः शासकीय क्षमता बढाउन गर्नुपर्ने संरचनागत प्रक्रियागत सुधारहरु केही पनि नगर्ने तर, चटकहरुबाट चमत्कार हुन्छ भन्ने ठानिरहने तपाईंको सरकारले गरेको यो वर्षको नीतिलाई आउँदो वर्ष पनि निरन्तरता दिनेछ ?

कांग्रेस सांसद थापाले भने, ‘म महामहिम राष्ट्रपतिज्यूको सरकारले सोध्न चाहन्छु ।’

यो प्रश्नको उत्तर नआउने बरु गाली आउँछ भन्नेमा आफू जानकार रहेको उनले बताए । प्रधानमन्त्रीले आफ्ना सांसदलाई दिएको निर्देशन तथा विभिन्न मञ्चमा प्रयोग गरेको भाषा सुन्दा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नशहरुमा बौद्धिक छलफल हुन्छ भन्ने आश नरहेको उनले बताए ।

बरु प्रधानमन्त्री कार्यालयको लेटर प्याड प्रयोग गरेर आफ्नो चुनाव क्षेत्रमा योजनाहरु पार्न योजना आयोगलाई पठाएको पत्रको फेहरिस्त र नीति तथा कार्यक्रम हेरेपछि एउटै सुझाव दिन मन लागेको भन्दै उनले भने, ‘अब ‘समृद्ध नेपाल सुखी नेपाली’ होइन ‘समृद्ध दमक सुखी केपी ओली’ भन्ने नारा लगाओस् । सुखी हुन नपाउने हामीहरुको भने श्री पशुपतिनाथले कल्यण गरुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment