+
+
Shares

१५औँ महाधिवेशनमा भाग लिन कसैलाई बञ्चित गरिएको छैन : सभापति थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि नेतालाई भाग लिनबाट वञ्चित नगरिएको सभापति गगनकुमार थापाले दाबी गरेका छन्।
  • असोज ४ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रारम्भ हुने उनले जानकारी दिए।
  • महाधिवेशन र दशैँलगत्तै कांग्रेसले ७७ जिल्लामा विशेष अभियान चलाएर नागरिकसँगको टुटेको विश्वास पुनःस्थापित गर्ने सभापति थापाले घोषणा गरेका छन्।

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा भाग लिनबाट कुनै पनि नेतालाई वञ्चित नगरिएको दाबी गरेका छन्। महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने र सबै नेता–कार्यकर्ताले त्यसमा सहभागी हुन पाउने उनले बताए।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले आगामी असोज ४ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रारम्भ हुने जानकारी दिए।

‘कोही साथीलाई महाधिवेशनमा भाग लिने कुराबाट बञ्चित गरिएको छैन, सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ र प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘जसले जिम्मेवारी पाउनुहुन्छ, उहाँ नेतृत्वमा रहनुहुन्छ। प्रतिस्पर्धामा जिम्मेवारी नपाउने साथीहरूलाई पनि समेटेर सबैलाई लिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ।’

आन्तरिक प्रतिस्पर्धाले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको सभापति थापाले औंल्याए। पार्टीभित्र देखिएको समस्यामा मात्र अल्झिराख्दा नागरिकसँगको सम्बन्ध झन् कमजोर हुनेतर्फ पार्टी गम्भीर रहेको उनको भनाइ छ।

‘अधिवेशनले त अहिले पार्टीभित्रको कुरा मात्रै मिलाउँछ। नागरिकसँगको विश्वासलाई पुनःस्थापित गर्नुपर्नेछ, त्यो पुनःस्थापित गर्ने यात्रामा हामी निस्कन्छौँ,’ उनले अगाडि भने, ‘महाधिवेशन सम्पन्न गर्नासाथै हामी देशभरि जानुपर्नेछ। ७७ जिल्ला पुग्छौँ, गाउँगाउँ जान्छौँ।’

महाधिवेशन र दशैँलगत्तै नागरिकसँगको सम्बन्ध सुधार गर्न र उनीहरूको विश्वास जित्न कांग्रेसले देशव्यापी रूपमा विशेष अभियान सञ्चालन गर्ने सभापति थापाले घोषणा गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?