Comments Add Comment

प्रधानमन्त्रीलाई प्रदीप गिरीको चुनौती : पानीजहाजबारे संसदमा भोटिङ गरौं

२३ वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ‘कर्मकाण्डी’ बहस चलिरहेको छ । सरकारको नीति कार्यक्रम जस्तो भएपनि प्रतिपक्षी सांसदहरुले विरोध गर्नैपर्ने, सत्तारुढ सांसदले समर्थन गर्नैपर्ने त्यो बहसमा कांग्रेस सांसद प्रदिप गिरी पृथक देखिए ।

उनले आफैं शैलीमा सरकारको प्रशंसा गरे, आलोचना गरे, अनि चुनौती पनि दिए ।

शब्द खतरानाक होइन तर, ….

शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दले सिंगो बहस तान्यो । गिरीले पनि आफ्नो सम्बोधन त्यहीँबाट सुरु गरे तर, कांग्रेसले भन्दा फरक मत राखे ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि गम्भीर छलफल नै नभएको हलुका टिप्पणी मात्र भयो भनेर गुनासो गरेको सुनेको भन्दै सांसद गिरीले भने, ‘तपाईहरुलाई प्रधानमन्त्रीको अध्ययनबारे कति थाहा छ तर, जेलमा वर्षौ वर्ष यत्तिकै बिताउनुभएको छैन । उहाँजस्तो सूचना भएको, जानकारी भएको व्यक्ति राजनीतिक जीवनमा कमै देखेको छु ।’

प्रधानमन्त्री ओलीलाई लौह पुरुष गणेशमान सिंहसँग तुलना गर्दै उनले भने, हेर्दाखेरि केही नजानेजस्तो नबुझेको र नजानेको केही छैन ।’ तर, भाषामा अविधा, व्यञ्जना र लक्षणा हुने भन्दै ‘मेरो सरकार’बारे स्पष्टीकरण दिँदा विचार पु¥याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

परिवर्तनपछि मुलुकले राष्ट्रपति, प्रधानमन्त्री कस्तो खोजेको छ र उनीहरुको जीवनको समाजवादसँग सम्बन्ध छ कि छैन भन्ने विषय प्रमुख रहेको बताए । ‘अगाडि गाडी पछाडि गाडी, माथि हेलिकोप्टर, तल पानीजहाज, भुइँमा टेक्दै नटेक्ने मन्त्री प्रधानमन्त्रीहरु जसलाई उहाँकै पार्टीका विवेकशील सदस्यहरुले बारम्बार संकेत गरेर भन्दैछन् यो त राजा महाराजा जस्तो भयो भनेर’ गिरीले भने ।

‘मेरो सरकार’को आलोचनालाई यसअर्थमा बुझ्नुपर्ने भन्दै उनले भने, ‘शब्द त्यति खतरनाक छैन तर, शब्दलाई सन्दर्भमा हेर्दा साथीहरुलाई चित्त दुख्छ ।’ उनले त्यसलाई हेरेर संसदमा मतदान नै नगरी कांग्रेसले हालेको संशोधन स्वीकार गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

रुख रोप्ने कार्यक्रमको प्रशंसा

नेता गिरीले आगामी वर्षलाई वृक्षारोपण वर्ष बनाउने सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गरे । ‘आगामी वर्ष वृक्षारोपण वर्ष मनाउने भनिएको छ, यो एकदम राम्रो प्रस्ताव छ, म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु’ उनले भनेका छन् । कांग्रेसले वीपी जयन्तीमा वृक्षारोपण गरेको स्मरण गर्दै उनले सरकारको यो कार्यक्रमलाई अझ ब्यापक बनाउने गरी संशोधन हाल्नुपर्ने धारणा राखे ।

पानीजहाजमा भोटिङ गरौं

त्यसपछि उनले प्रधानमन्त्रीलाई संसदको रोष्टमबाटै चुनौती समेत दिएका छन् । ‘यो संसदमा मात्र ह्वीप लागू नहुने गरी गोप्य ढंगले थाहा होस् त पानीजहाजको प्रस्ताव कतिलाई मान्य छ ? हेरौं त म’ गिरीले चुनौती दिए ।

पानी जहाज पनि चाहिने तर, त्यसअघि नेपाल एयरलाइन्समा २०÷२५ वटा विमान चलाउनुपर्ने उनको जोड छ । ‘२०÷२५ वटा जहाज चलाउँ । त्यसपछि रेल बनााउँ अनि पानी जहाज चलाउँला’ उनलेभने । अहिले नै पानीजहाजको कुरा गर्नु माक्र्सवादी शैलीमा मनोगत मात्रै हुने भन्दै उनले वस्तुगत कुरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले आग्रह गरे ‘त्यसैले हे राष्ट्रपति महोदय, हे प्रधानमन्त्री महोदय, जनताको चाहना हजुरको चाहना हो । मेरो पूर्ण समर्थन छ । तर छिटो होइन अलि ढिलो गरौं । पानी जहाज भन्दा पहिले वृक्षारोपण गरौं ।’

कांग्रेस सांसद गिरीले प्रत्येक दिन सरकार एक कदम अगाडि भन्ने प्रशंग उठाए । ‘यो गम्भीर वक्तव्य हो । प्रत्येक दिन एक कदम त चाल्नैपर्छ, एक कदम पर्याप्त हुन्छ’ भन्दै उनले सरकारलाई सोधे ‘तर कदम कता चालिँदैछ । पूर्वतिर उन्मुख कि पश्चिमतिर ? समाजवादोउन्मुक कि दलालबादो उन्मुख ?

विश्वले तपाईको अनुकरण गर्नेछ

नेता गिरीले सरकारलाई विकासको मोडलबारे पनि विचार गर्न आग्रह गरे । आर्थिक वृद्धिदरलाई मात्र विकास मान्ने मोडल संसारभर असफल भइरहेको भन्दै उनले विकासको नयाँ मोडलबारे सोच्न पनि आग्रह गरे । ‘विकासको अर्को मोडल पनि छ । साधारण पढेको मान्छेले गुगलमा हे¥यो भने पनि थाहा हुन्छ ।’

प्रधानमन्त्रीलाई उनले आग्रह गरे ‘अल्टरनेटिभ डेभलपमेन्टबारे पनि सोच्नुस्, जहाँ वृद्धिदर होइन, रोजगारको बारेमा चिन्ता गरिन्छ ।’

नीति तथा कार्यक्रममा उल्लेख गरिएको ५ लाखलाई रोजगारी दिने विषयको समर्थन गर्दै उनले त्यो काम गरेर देखाएमा विश्वले अनुकरण गर्ने पनि आग्रह गरे ।

५ लाखलाई रोजगारी दिनुस्, १० वर्षपछि विश्वले तपाईको अनुकरण गर्नेछ, अमेरिका र बेलायत छाडिदिनुस्’ उनले भने ‘कुनै समय गौतमुद्ध लोकप्रिय भएजस्तै वर्तमान सरकारका नेता पनि तेस्रो विश्वमा लोकप्रिय हुन्छ ।’

गिरीले नेपालको विकास आर्थिक वृद्धिदरको आधारमा होइन, विदेशमा खटिएका नेपालीलाई फिर्ता ल्याउने सामथ्र्यको आधारमा नापिनुपर्ने बताए ।

नीति तथा कार्यक्रममा विपक्षी दल सबैसँग यति राम्रो सहकार्य र विश्वास भएको वातावरण नै थिएन’ भन्ने वाक्यांशमा सत्तापक्षको दृष्टि नपुगेको गिरीले टिप्पणी गरे । ‘यति नराम्रो सत्तापक्ष र विपक्षीको सम्बन्ध नै थिएन’ उनले भने ‘प्रधानमन्त्री र विपक्षी दलको नेताको कोठा सँगै कोठा राखेको छ, यिनीहरुको भेट भइराखोस् भनेर तर अहिलेको सन्दर्भमा एउटाको बैठक सिहदरबारमा एउटाको यहाँ (नयाँ बानेश्वरमा) राखे हुन्छ । भेट नभएकै जाति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment