News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि बाल गोविन्द राजभण्डारीलाई ओखलढुंगाको जिल्ला संयोजक तोकेको छ ।
- १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले केन्द्रीय प्रतिनिधि गोमा केसीको सिफारिसमा राजभण्डारीलाई जिम्मेवारी दिएका हुन् ।
- इतर समूहले आगामी मङ्सिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै असोज १५ गते वडा अधिवेशनको तयारी गरिरहेको छ ।
५ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि ओखलढुंगामा बाल गोविन्द राजभण्डारीलाई जिल्ला संयोजक तोकेको छ । १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेता राजभण्डारीलाई ओखलढुंगाको जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् ।
केन्द्रीय प्रतिनिधि गोमा केसीको सिफारिसमा राजभण्डारीलाई संयोजकको जिम्मेवारी दिइएको कोइरालाको सचिवालयले जनाएको छ ।
ओखलढुंगामा पार्टीको संगठन निर्माणमा ठूलो योगदान पुर्याए पनि अहिलेसम्म अवसर नपाएका नेतामा पर्छन् ।
इतर समूहले आगामी मङ्सिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै असोज १५ गते वडा अधिवेशनको तयारी गरिहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4