News Summary
Generated by OK AI. Editorially reviewed.- विद्युतीय खरिद प्रणाली ह्याक गरी दलालले मूल्य हेर्ने र मिलोमतो गर्ने गरेको पुष्टि भएपछि सरकारले प्रणाली बन्द गरेको छ ।
- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नयाँ प्रणाली निर्माण गर्न कम्तीमा असोजभरि लाग्ने र तत्काल हार्डकपीबाट काम गर्ने जानकारी दिए ।
- नयाँ सफ्टवेयर वैशाखदेखि सुरु भए पनि पूरा नभएकाले भविष्यमा ह्याक गर्न नसक्ने गरी प्रणाली बनाइँदैछ ।
५ असोज, काठमाडौं । विद्युतीय खरिद प्रणाली बन्द गरेको सरकारले नयाँ प्रणाली निर्माण गर्न अझै एक महिना लाग्ने जानकारी दिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभा अन्तर्गत विकास समिति बैठकमा आज नयाँ प्रणाली निर्माण गर्न कम्तीमा असोज महिनाभरि लाग्ने जानकारी दिए ।
विगतको कमजोर प्रणालीमा ह्याक गरी दलालले मूल्य हेर्ने र मिलोमतोमा काम गर्ने गरेको पाइएपछि प्रणाली बन्द गर्नुपरेको उनले बताए ।
‘दलालहरूले सिस्टम ह्याक गरेर कति कम हालेको छ, त्योभन्दा कम हालेर ठेक्का पर्छ भनेर सूचना दिने गरेको पाइयो,’ उनले भने, ‘त्यस्तो खालको अविश्वसनीय टुल सञ्चालनमा रहेको पत्ता पाउने बित्तिकै हामीले अनुसन्धान थालेका थियौं ।’
अनुसन्धान प्रतिवेदनबाट पुष्टि भएसँगै सिस्टम बन्द गर्ने निर्णयमा सरकार पुगेको उनले जानकारी दिए । यद्यपि, नयाँ सफ्टवेयर निर्माणको काम वैशाखदेखि नै सुरु गरे पनि सम्पन्न नभएकाले तत्कालका लागि हार्डकपीबाटै काम गर्नुपरेको उनले जानकारी दिए । ‘भविष्यमा कसैले पनि ह्याक गर्न र डेस्कमा एक्सेस लिएर हेर्न नसक्ने गरी सुफ्टवेयर बनाउन सुरु गरिएको छ,’ उनले भने । वर्तमान सरकारको एजेन्डा नै सुशासन भएको भन्दै यस्ता गम्भीर विषयमा आँखा चिम्लेर जान नमिल्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4