Comments Add Comment

अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई ५ स्वर्णसहित ८ पदक

२४ वैशाख, बुटवल । मलेसियामा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जितेका छन् । विजेताहरु सबै रुपन्देहीका हुन् ।

इन्द्रमुलिया स्टेडियममा नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए ।

स्वर्ण पदक विजेताहरुमा ईश्वर विक, युजिन गुरुङ, समुद्र सिंह राना, सविन श्रेष्ठ र कमल चौधरी रहेको नेपाल रेन्बुकाई करांते संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशमलाल लामा तामाङले जानकारी दिए । यस्तै संगम नेपालीले एउटा रजत र हिरादेवी राईले काता तथा कुमितेमा गरी दुईवटा रजत पटक जितेका छन् ।

विजयी खेलाडिलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब इन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरेका थिए ।

भारत, मलेसिया, सिंगापुर, जर्मनी, इण्डोनेसिया, पाकिस्तान, दुवई, लगायत १६ राष्ट्रका करीब १ हजार बढी खेलाडी सहभागी थिए ।

नेपाली खेलाडीहरुले आफ्नै मेहनतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक प्राप्त गर्नु गौरवको विषय भएको संघका प्रशिक्षक कमरुदिन अलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment