+

नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

२०८२ वैशाख  ३० गते १५:०७ २०८२ वैशाख ३० गते १५:०७
नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

३० बैशाख, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले भइरहेको खेलमा नेपालले हङकङलाई ३० रनको लक्ष्य दिएको छ ।

वेटआउटफिल्डका ५ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ३ विकेट गुमाएर २९ रन बनाएको हो ।

नेपालका लागि ओपनर सम्झना खड्काले७ बल खेल्दै १ चौका मदतमा  सर्वाधिक १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इन्दु वर्माले १० बलमा अविजित ९ रन जोडिन् ।

हङकङका लागि अलिसन सिउले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् ।

यस खेलमा जित हात पारे नेपालले समूह सी को विजेता बन्दै सुपर थ्री चरणमा स्थान पक्का गर्नेछ ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय