Comments Add Comment

करणसँग प्रेम सम्बन्धको चर्चापछि प्रवलले मुख खोले

नेपाली मुलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ र बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरको प्रेम सम्बन्धको चर्चा भारतीय मिडियामा चलेको केही समय भयो । करण र प्रवल सम्बन्धमा रहेको भन्दै भारतीय मिडियामा खबर आउन थालेपछि प्रबल गुरुङले विज्ञप्ती नै निकालेर यसको खण्डन गरेका छन् । उनले जारी गरेको लामो विज्ञप्तीमा करण र उनको सम्बन्धको बारेमा उल्लेख गरिएको छ ।

उनले निर्माता करण जोहर आफ्नो दाजु जस्तो भएको समेत उल्लेख गरेका छन् । उनले शनिबार करणको जन्मदिनमा ‘प्यार किया तो डरना क्या’ भनेर स्टाटस लेखेपछि दुइको प्रेम सम्बन्धले अझै मलजल पाएको थियो । प्रवलले लेखेका छन्–‘यो बिषयमा भन्नु पर्दा म दुखी र दिकदार छु । म करण जोहरसँग रोमान्टिक सम्बन्धमा छैन ।’

मेरो पछिल्लो इन्स्टाग्राम पोष्ट मात्र रमाइलोका लागि थियो, यसलाई अन्यथा नसोच्न आग्रह गर्दछु । उनले करणको बारेमा भनेका छन्–‘करण मेरो प्यारो साथी हुन् । उनी मेरो मेन्टर, गुरु, मेरो आत्मविश्वास सबै हुन् । उनी मेरो ठूलो दाजु पनि हुन् । करणलाई म सम्मान गर्छु । उनी मेरो लागि भएका कारण मात्र मैले उनलाई सम्मान गरेको होइन, उनी मेरो परिवारका लागि पनि सधै नजिक छन् ।’

प्रवलले यी सबै र अन्य थुप्रै कारणले गर्दा पनि आफूले करणलाई प्रेम गर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment