Comments Add Comment

हुवावेले भन्यो-ग्राहकको अनुभवप्रति सचेत छौं, समस्या आउँदैन 

काठमाडौं । हुवावेले आफ्ना प्रयोगकर्तालाई कुनै अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ । उसले आफूमाथि ल्याउन खोजिएको संकट पार लगाउन कम्पनी सक्षम रहेको भन्दै ग्राहकलाई धैर्य र विश्वास कायम गर्न अपील गरेको छ ।

अहिलेसम्म कम्पनीका प्रयोगकर्तालाई वर्तमानमा विकसित घटनाक्रमले कुनै कसर नपारेको दावी पनि कम्पनीको छ ।

गुगलको प्रतिबन्धले हुवावे फोन प्रयोगकर्तामा कुनै असर नपरेको र भविष्यमा पनि नपर्ने हुवावे टेक्नोलोजी नेपालले दावी गरेको छ । उसले अहिले पनि प्रयोगकर्ताको अनुभवमा कुनै असर नपरेको कम्पनी बताउँछ ।

कम्पनीले गुगलको प्रतिबन्धले हुवावे फोन प्रयोगकर्ताको अनुभवमा कुनै असर नपर्ने बताएको हो ।

हुवावेले आफ्ना ग्राहकलाई नयाँ अनुभव थप गर्न सक्षम रहेको उनले उल्लेख गरेको छ । अहिले देखा परेको समस्याले कम्पनीको आपूर्ति र एजेन्सीमा समस्या आए पनि ग्राहकको मोबाइल प्रयोगको अनुभवमा कुनै असर नपर्ने कम्पनीको दावी छ ।

हाल सञ्चालन र स्टोरमा रहेको फोन यसअघि नै गुगलद्वारा सर्टिफाई भइसकेकाले त्यस्ता फोनमा कुनै असर नपर्ने कम्पनीको भनाइ छ ।

‘अबका दिनमा बन्ने नयाँ मोडलका फोनको विषयमा के हुन्छ ठ्याक्कै भन्न सकिँदैन, तर हाल सञ्चालनमा रहेका फोनमा कुनै असर पर्ने छैन,’ कम्पनीले भनेको छ ।

ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउन हुवावेले नयाँ-नयाँ सिस्टम उपलब्ध गराइरहने बताएको छ ।

‘यो प्रतिबन्धले कम्पनीको व्यापारमा केही समयका लागि असर गर्नेछ, कम्पनीका एक प्रतिनिधिले भने, ‘दीर्घकालसम्म यसले कुनै असर गर्ने छैन ।’

यो समस्यासँग जुध्दै गर्दा कम्पनीको ब्रान्डिङ पनि भएको छ । यसले गर्दा हुवावेप्रति धेरैको साहानुभुति पनि प्राप्त भएको कम्पनीको दावी छ ।

नेपालमा पनि प्रमियिम रेन्जको स्मार्टफोनको विक्रीमा केही असर परेको छ । तर,  इन्ट्री र मिड रेन्जका स्मार्टफोनमा कुनै असर नपरेको बम्पनी बताउँछ ।

गुगलले एक्कासी प्रतिबन्ध लगाउँदा ग्राहकमा विभिन्न प्रश्न खडा भएपनि विस्तारै धेरैले यसबारे बुझ्दै गएको कम्पनी बताउँछ ।

हुवावेले आफ्नै अपरेटिङ सिस्टमका लागि ८ वर्षदेखि काम गरिरहेको बताएको छ, अप्ठेरो अवस्था आए आफ्नै ओएसमार्फत सेवा दिन हुवावे सक्षम हो दावी गरिएको छ ।

यस्तो अपरेटिङ सिस्टम कहिलेबाट प्रचलनमा आउँछ भन्ने अहिलेसम्म तय भएको छैन । यो सिस्टमका लागि कम्पनीले आफ्नो मिहिनेत लगाइरहेको छ ।

हुवावेले अप्ठोरो अवस्था समाना गर्न आफू सक्षम रहेको बताएको छ । तर, सकेसम्म वार्तामार्फत नै यस्तो समस्या सुल्झाउन सकिने कम्पनीको विश्वास  छ । हुवावे सम्बन्ध तोड्दा आफूलाई भन्दा बढी गुगललाई घाटा हुने दावी गर्छ ।

उसले अहिले बजारमा हुवावेलाई कमजोर बनाउन विभिन्न गलत प्रचारबाजी भइरहेको भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment