+
+
Shares

आजका पत्रपत्रिका : केबुल टीभीको दादागिरी, ग्राहकसँग पैसा असुलेर च्यानल बन्द

प्रचण्डको कासनः समझदारीबाट पछि हटे दुर्भाग्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते ६:४८

१० असार, काठमाडौं । मंगलबार प्रकाशित पत्रपत्रिकाले केबुल टेलिभिजनद्वारा अन्तर्राष्ट्रिय च्यानल दुई दिन बन्द गरेकोमा आपत्ति जनाएका छन् । विदेशी विज्ञापन बजाउन पाउनुपर्ने भन्दै केबुल टीभीहरूले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण गराएका थिए ।

ग्राहकसँग पैसा असुलेर यसरी च्यानल बन्द गराउनु गलत भएको नयाँ पत्रिकाकान्तिपुरले लेखेका छन् ।

नयाँ पत्रिकाले ‘उपभोक्ता अधिकारमाथि केबुल टीभीको दादागिरी’ शीर्षकमा ग्राहकबाट प्याकेजमा महिनाभरि पैसा असुलेर पैसा आफूखुसी बन्द गरिएको बताएको छ ।

संसदमा विचाराधीन विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा क्लिन फिड लगाउने प्रावधान राखिनु सरकारको सकारात्मक कदम भएको भन्दै कान्तिपुर दैनिकले सम्पादकीय नै लेखेको छ ।

‘क्लिन फिडविरुद्ध अनक्लिन व्यवहार’ शीर्षकमा कान्तिपुरले लेखेको छ– सरकारले क्लिनफिड नीति ल्याउनुको अर्थ स्वदेशी विज्ञापनको प्रवर्द्धन र सम्वर्द्धन हो ।

विदेशी विज्ञापनको पक्ष लिँदै उपभोक्तालाई मार पर्नेगरी टीभी च्यानल बन्द गर्नु गलत भएको निष्कर्ष निकाल्दै कान्तिपुरले भनेको छ– सरकारसँग लेनदेनका लागि उपभोक्तालाई अठ्याउने केबुल टीभी व्यवसायीको यो व्यवहार गैरकानूनी तथा गैरव्यावसायिक हो । यसबाट च्यानलका ग्राहक बनिसकेका उपभोक्ता मारमा परेका छन् ।

प्रचण्डको कासन : समझदारीबाट पछि हटे दुर्भाग्य

नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकताबाट पछि हटे दुर्भाग्य हुने भनेर चितवनमा व्यक्त गरेको भनाइलाई नागरिकले आज प्राथमिकताका साथ छापेको छ ।

प्रचण्डको भनाइ उद्धृत गर्दै नागरिकले लेखेको छ– पार्टी एकता गर्दा जे–जे कुरालाई आधार बनाएर समझदारी गरेका छौं, हस्ताक्षर गरेका छौं, दस्तावेजीकरण गरेका छौं, तिनबाट पछि–पछि हट्न थाल्यौं भने, कुनै न कुनै वहाना खोज्न थाल्यौं भने त्योभन्दा दुर्भाग्य केही हुन सक्दैन ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?