Comments Add Comment

वेष्ट इन्डिजका अलराउण्डर रसेल विश्वकपबाट आउट !

१० असार, काठमाडौं । वेष्ट इन्डिजका अलराउण्डर आन्ड्रे रसेल विश्वकप क्रिकेटबाट आउट भएका छन् ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा रसेलले चोटकै कारण राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी)ले जनाएअनुसार रसेलले घुँडाको चोटको कारण विश्वकपका बाँकी खेल गुमाएका हुन् ।

रसेलको स्थानमा २६ वर्षीय ब्याट्सम्यान सुनिल अम्बरिसलाई टिममा बोलाइएको छ ।

सुनिल अम्बरिस

विश्वकपअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका रसेल जारी विश्वकपमा भने चल्न सकेनन् । उनी चोटग्रस्त भएपछि वेष्ट इन्डिज टिमबाट बाहिरिएका हुन् ।

सेमिफाइनलमा झिनो आशा कायमै रहेको वेष्ट इन्डिजले जुन २७ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपमा प्रवेश गर्नका लागि अबको सबै खेल वेष्ट इन्डिजले जितेर मात्रै हुँदैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment