+
+
Shares

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते ९:५२

१० असार, सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् ।

दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

कार चालक ५८ वर्षीय दीपक लामिछाने र मृतक अच्युतकी छोरी २६ वर्षीया आस्था लामिछाने घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

विपी राजमार्गअन्तर्गत खोटाङको हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा१३च ३७९३ नम्बरको कार गएराति आफैं अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?