+
+
Shares

कावासोती नगरपालिकाका उपमेयरको गाडीमा आगजनी

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७६ असार १० गते १०:०९

१० असार, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा अज्ञात समूहले आगजनी गरेकाे  छ ।

लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

आजगनीबाट गाडीको  पछाडिको भाग सामान्य जलेको छ ।

प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको छ । यही आधारमा प्रहरीले आगजनीमा विप्लव समूह संलग्न रहेको अनुमान गरेको छ ।यद्यपि, यो समाचार तयार पार्दासम्म विप्लव समूहले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

विप्लव कार्यकर्ताले उपमेयर मर्दनियामाथि सरकारी सम्पत्ति दुरुपयोग गरेकालगायत आरोप लगाउँदै आएका थिए । यही आरोप लगाउँदै उनीहरुले पत्राचारसमेत गरेको बताइएको छ ।

क्षति भएको गाडी नियन्त्रणमा लिएर यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?