१० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै खालका जटिल रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन् ।
संसदमा मंगलबार विनीयोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अपवाद बाहेक सबै रोगको नेपालमै उपचार सम्भव भएको बताएका हुन ।
मिर्गौला प्रत्यारोपण, मुटु-नसाको शल्यक्रिया लगायतका रोगको पनि नेपालमै उपचार सम्भव भएको मन्त्री यादवले बताए । उनले भने, ‘विश्वास गरेर यहाँहरू पनि नेपालमै गर्नुस म पनि यही उपचार गराउँछु ।’
विदेश उपचार गर्न जाने कसैले पनि राज्यकोषबाट उपचार खर्च नपाउने उनले संसदबाट बताए । नेपालमै उपचार सुविधा हुँदाहुँदै विदेश जानेहरूलाई रोक्ने कानून बने नभएको यादवको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4