Comments Add Comment

सेनालाई संविधानअनुसार नै विकास निर्माणमा लगाइएको हो : उपप्रधानमन्त्री पोखरेल

१० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई संविधानअनुसार नै विकास निर्माणको काममा लगाएको बताएका छन् ।

रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिँदै उपप्रधानमन्त्री पोखरेलले संविधानले नै सेनालाई कानून बमोजिम विकास निर्माण र विपद व्यवस्थापनमा लगाउन सकिने उल्लेख भएको बताए ।

‘नेपालको संविधानले पनि नेपाली सेनालाई विकास निर्माणको भूमिका प्रदान गरेको छ । नेपाल सरकारले कानून बमोजिम नेपाली सेनालाई विकास निर्माण र विपद व्यवस्थापनमा प्रभावकारी ढंगले परिचालन गर्ने नीति लिएको छ’ उनले भने ।

सेनालाई विकास निर्माणको काममा लगाउँदा पेशागत दक्षतामा असर नपर्ने पनि उनले बताए । ‘पेशागत दक्षतामा नकारात्मक प्रभाव नपर्ने गरी नेपाली सेनालाई कहाँ कस्ता कति विकास निर्माणमा लगाउने भन्ने कुरा सो सम्बन्धी ऐन वन कार्यविधि बनाई व्यवस्थित बनाइएको र भविष्यमा पनि गरिनेछ’ उपप्रधानमन्त्री पोखरेलले भने ।

सरकारबाट जिम्मेवारी पाएपछि नेपाली सेनाको इन्जिनियर विभागको दक्ष प्राविधिकले विाकास निर्माणको काम सम्पन्न गर्दै आएको भन्दै उनले यसले राष्ट्र विकासका लागि नेपाली सेनाको पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्नमा मद्धत पुगेको पनि बताए ।

हालसम्म नेपाली सेनाले २७ वटा सडक र ३० वटा पुल निर्माण गरेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराए । हाल नेपाली सेनाले काठमाडौं तराई द्रुतमार्ग, कर्णाली करिडोर, जाजरकोट –डोल्पा सडक, कालीगण्डकी करिडोर र बेनिघाट आरुघाट लार्के भञ्ज्याङ सडक निर्माण गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment