+
+
Shares

एसईईको नतिजा प्रकाशन यसैसाता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते १३:२२

१० असार, काठमाडौं । एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘१४ गतेभित्र निकाल्ने भन्ने छ । हामी तयारी गरिरहेका छौं ।’

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

एसईईको नतिजा अनलाइनखबर डटकममा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?