Comments Add Comment

मोरङको एकीकृत भन्सार भदौदेखि सञ्चालन हुने

१० असार, विराटनगर । मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) आगामी भदौदेखि सञ्चालनमा आउने भएको छ ।

भारतीय पक्षले आईसीपी निर्माणको सम्पूर्ण काम सम्पन्न गरी आगामी अगष्ट १५ मा नेपालाई हस्तान्तर गर्ने तयारी गरेको छ ।

संघीय आयोजना कार्यान्वय इकाइ मोरङका इन्जिनियर राजु शर्माले भारतीय निर्माण कम्पनीले आईसीपीको सम्पूर्ण संरचना निर्माण गरी आगामी अगष्ट १५ नेपाललाई हस्तान्तरण गर्ने बताएको जानकारी दिए ।

आईसीपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फ्रा डटकम अहमदावादले आईसीपीको निर्माणको काम गरिरहेको छ ।

ठेकदार कम्पनीका प्रोजेक्ट मेनेजर अवधेशकुमार साहले आईसीपीको काम ९५ प्रतिशत सकिएको जानकारी दिए । भवन, पार्किङस्थल, जाँचपोष्टको काम सकिएको छ ।

नेपाल सरकारले आईसीपी परीक्षणका लागि विद्युत लाइन जडानमा ढिलाइ गर्दा समस्या भएको शाहले बताए ।

‘हामीले आईसीपी निर्माण पश्चात परीक्षण गरेर मात्र नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ’, प्रोजेक्ट मेनेजर शाहले भने,’ त्यसका लागि विद्युतलाई जडानका लागि पटक पटक आग्रह गर्दै आएका छौं ।’

उनले अहिले निर्माण गरिएको संरचनामा सीसी क्यामेरा जडान गर्ने, विद्युत लाइन, भवनहरुको रंगरोगन, फ्लड लाइट जडान, आवश्यक घेराबेरा गर्ने काम मात्र भइरहेको जानकारी दिए ।

त्यसैगरी आईसीपी जाने लिङ्क रोड निर्माणको काम पनि सम्पन्न भइसकेको छ ।

एकीकृत भन्सार जाँच विन्दू नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको रहेेको छ । यसका लागि १२९ बिघा र लिंक रोडका लागि ४० बिघा जग्गा छुट्याइएको छ ।

यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माण पूरा भएको छ । लिङ्क रोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर/दक्षिणी राजमार्गसँग जोडिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको थियो । सन् २०१७ फेब्रुअरी १ देखि नेपालतर्फको आईसीपी निर्माणको काम सुरु भएको थियो । भारततर्फको आईसीपी भने दुई बर्ष अघिदेखि सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment