Comments Add Comment

ललितपुरले ल्यायो ५ अर्ब १७ करोडको बजेट, पूर्वाधारमा ३९ प्रतिशत

९ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट ल्याएको छ । महानगरका मेयर चिरिबावु महर्जनले मंगलबार महानगरको नगरसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले आगामी आर्थिक वर्षका पूर्वाधार विकासमा प्राथमिकता दिएर बजेट ल्याएको छ । महानगरले ल्याएको ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट मध्ये पूर्वाधार विकासमा मात्रै २ अर्व ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको मेयर महर्जनले बताए ।

मेयर महर्जनका अनुसार कूल बजेटको करिब ३९ प्रतिशत रकम पूर्वाधार विकासका लागि विनियोजन गरिएको हो । महर्जनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालु खर्चका लागि कुल बजेटको २१.७४ प्रतिशत अर्थात १ अर्व १२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।

यसैगरी आर्थिक विकासका लागि भन्दै महानगरले ७५ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट छुट्टाएको छ ।

उता सामाजिक विकासका लागि भने १६ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापनमा लागि खर्च गर्ने भन्दै महानगरले १६ करोड ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको मेयर महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment