+
+
Shares

विराटनगर महानगरले ल्यायो ५ अर्ब १२ करोडको बजेट

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते १५:४४

१०असार, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ५ अर्ब १२ करोडको बजेट सार्वजनिक गरेको छ ।

सोमबारबाट शुरु भएको चौथो नगरसभामा मेयर भीम पराजुलीले नीति तथा कार्यक्रमका साथै ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजार छ भने बाँकी केन्द्र र प्रदेशबाट आएका बजेट छन् ।

महानगरको बजेटमा ६४ करोड ९२ लाख ७ हजार प्रशासनिक खर्चका लागि छुट्याइएको छ भने भौतिक पूर्वाधार निर्माणका लागि २ अर्ब ५ करोड ३९ लाख, कृषि तथा पशुपन्छी कार्यक्रमका लागि ११ करोड ८३ लाख, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य कार्यक्रमका लागि १२ करोड ९५ लाख र सामाजिक विकास, महिला तथा बालबालिका कार्यक्रमका लागि ३४ करोड ३८ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरले चालु आर्थिक वर्षमा पनि लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेको थिएन ।

चालु आर्थिक वर्षमा ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि जेठ महिनाको अन्त्यसम्म ३० करोड २१ लाख रुपैयाँ मात्र संकलन गरेको छ । जबकी राजस्व संकलनलाई प्रभावकारी बनाउन गत साउनदेखि १९ वडा कार्यालयमा राजस्व संकलन काउण्टर खोलेको थियो । गत आर्थिक वर्ष २७ करोड राजस्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?