
१० असार, काठमाडौं । विवादास्पद गुठी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ । विधेयक फिर्ता लिने भूमिसुधारमन्त्री पद्मा अर्यालको प्रस्ताव मंगलबार राष्ट्रियसभाबाट पास भएको हो ।
विधेयकलाई लिएर आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।
टाइमलाइनमा गुठी विधेयक
बैशाख १७ गतेः विधेयक राष्ट्रियसभामा दर्ता ।
बैशाख १९ गतेः विधेयक सांसदहरूलाई वितरण ।
जेठ ६ गतेः राष्ट्रियसभामा प्रस्तुत ।
जेठ १३ गतेः विधेयकमाथि राष्ट्रियसभा बैठकमा सामान्य छलफल ।
जेठ १९ गतेः गुठी संरक्षण पुचः द्वारा विधेयक सम्पदा विरोधी भएको भन्दै यसमाथि पुनर्विचार गर्न माग ।
जेठ २८ गतेः विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन । प्रहरीद्वारा पानीको फोहरा प्रहार ।
जेठ ३१ गतेः दाङमा गुठी विधेयकको पक्षमा र ललितपुरमा विरोधमा प्रदर्शन ।
असार १ गतेः विधेयकको विरोधमा भक्तपुर र जनकपुरमा प्रदर्शन ।
असार २ गतेः प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बालुवाटारमा काठमाडौं उपत्यकाबाट निर्वाचित नेकपासम्बद्ध सांसदहरूसँग छलफल ।
असार ३ गतेः सरकारद्वारा विधेयक फिर्ता लिने निर्णय ।
प्रतिक्रिया 4