Comments Add Comment

राक्षस तर्साउने त्रिशुल जात्रा, हेर्नुस् ९ तस्वीर

१० असार, काठमाडौं । काठमाडौं उपत्यका जात्रैजात्राको शहर पनि हो । यहाँ अनेक जात्रा मनाइन्छ । त्यसमध्ये पशुपतिनाथ मन्दिर पवपर मनाइने त्रिशुल जात्रा भने भिन्न छ ।

यात्रामा बालबालिकालाई त्रिशुल रोपेको देखाइन्छ । नेपाल सम्वत तछलागा, भलाष्टमीको दिन पशुपतिनाथको देवपतन (ग्वल देश) र पशुपतिको जयबागेश्वरी क्षेत्रमा नेवार समुदायले मनाउने जात्रा हो यो । यो राजा यक्ष मल्लकै पालामा सुरु भएको मानिन्छ ।

किम्बदतीअनुसार नागार्जुन पर्वतबाट एउटा राक्षस सुवर्णपुर अर्थात ग्वलः देश क्षेत्रमा आएर बालबच्चा चोरेर हाहाकार मच्चाए । राजाले बन्धुदत्तसँग सल्लाह गरे । बन्धुदत्तले राक्षस आउने बाटोमा सिपाही खटाए तर, राक्षस मायाबी रूपधारण गरेर अलप भए र काठमाडौं शहरमा गएर लुक्न गए । सिपाहीहरू खोज्दै त्यहीँ पुगे ।

तर काठमाडौंबासीले कोहीँ पनि आएको छैन भन्दै राक्षसलाई बचाए । सिपाहीहरू राक्षस खोज्दै नागार्जुन डाँडासम्म पुगे । उनीहरुले राक्षसको बच्चालाई समातेर ल्याएर त्रिशुलले रोपेर राक्षसलाई तसाए । त्यसबेलादेखि राक्षले बच्चा चोर्न छोडेको किम्बदन्तीअनुसार यो जात्रा सुरु भएको मानिन्छ । उसो त जात्रालाई लिएर अरु किम्बदन्ती पनि छन् ।

यस जात्रामा सहभागीहरु हातहातमा रुखका हाँगा र बोक्रा बोकेर राक्षसहरूलाई गाली समेत गर्छन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment