Comments Add Comment

पोखरीया नगरपालिकाको बजेट ४४ करोड ८३ लाख

१० असार, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाले ४४ करोड ८३ लाख ४० हजार १ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । तेस्रो नगर सभाको उद्घाटनसत्रमा नगरपालिकाको उप प्रमुख सलमा खातुनले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको स्रोतमा आन्तरिक आय १ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ११ करोड ४६ लाख, राजश्व बाँडफाँडबाट आउने ७ करोड ४३ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण ७१ लाख ४६ हजार, सशर्त अनुदान १ करोड, विशेष अनुदान ३० लाख, समपुरक कोष ४० लाख रुपैयाँ अनुमान गरिएको छ ।

त्यस्तै युनिसेफको तर्फबाट स्वास्थ्य क्षेत्रका लागि २० लाख २६ हजार १, खानेपानी तथा सरसफाईमा २३ लाख, बालकेन्द्रित योजना तर्जुमाका लागि १ लाख, विपद जोखिम न्युनिकरणका लागि ३ लाख गरी ४७ लाख २६ हजार १ रुपैया र बहुक्षेत्रिय पोषण कार्यक्रमबाट १७ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

खर्च तर्फ चालु खर्च ७ करोड ४३ लाख, पुँजीगत खर्च १२ करोड ४६ लाख, सशर्त अनुदान १६ करोड ०३ लाख (शिक्षा स्वास्थ्य, पोखरिया अस्पताल, आर्युवेद, पशु, कृषि, गरिविसँग विशेश्वर कार्यक्रम र बहुक्षेत्रिय पोषण कार्यक्रमका लागि, सामाजिक सुरक्षा भत्ता वितरण ५ करोड ८५ लाख युनिसेफ चालु १७ लाख ५० हजार अनुमान गरिएको छ ।

युनिसेफ सरसफाइ चालु खर्च ४७ लाख २६ हजार १ रुपैयाँ र प्रदेश सरकारको सशर्त कार्यक्रममा २ करोड ४१ लाख ६४ हजार रुपैयाँ खर्च हुने उप प्रमुख खातुनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment