Comments Add Comment

गुल्मीका २७२ किसानलाई कृषि उपकरण वितरण

११ असार, गुल्मी । गुल्मीका २ सय ७२ जना किसानहरुलाई करिब ३ करोड रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरिएको छ । व्यवहारमुखी कृषिलाई व्यवसायीक बनाउने उद्देश्यले जिल्लाभर रहेका विभिन्न कृषि समूहलाई २ करोड ९० लाख २० हजार रुपैयाँ बराबरका कृषि उपकरण वितरण गरिएको हो ।

प्रदेश नम्बर ५ सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लागतमा मिनि टेलर, ठूलो ट्याक्टर, ठूलो हर्बो, घाँस काट्ने, मकै छोडाउने लगायतका उपकरणहरु वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख अम्मरराज शर्मा घिमिरेले जानकारी दिए । वितरण गरिएका सामाग्रीहरु प्रयोग भए-नभएको बारे अनुगमन पनि गरिने घिमिरेले बताए ।

ती सामाग्रीहरु प्रदेश नम्बर ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको थियो ।

युवाहरु बिदेशिने क्रम बढी रहेकाले गाउँका बासिन्दाले काम गर्ने जनशक्तिको अभाव झेलिरहेका छन् । यस्ता कृषि उपकरणबाट किसानहरुले कम जनशक्तिबाट पनि धेरै काम गर्न सक्ने कृषि ज्ञान केन्द्र गुल्मीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment