Comments Add Comment

कांग्रेस काठमाडौंको कार्यसमितिले ३ वर्षपछि पूर्णता पायो

उपाध्यक्ष, सचिव र सहसचिव सर्वसम्मत चयन

११ असार, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले तीन वर्षपछि पूर्णता पाएको छ ।

सभापति सबुझकृष्ण बानियाँको अध्यक्षतामा बुधबार बसेको बैठकले उपसभापति र सचिव र सहसचिव चयन गरेपछि कार्यसमितिले पूर्णता पाएको हो ।

उपाध्यक्षमा विजय माली, सचिवमा शंखर मल्ल ठकुरी र सहसचिवमा रोमेल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

नवनियुक्त पदाधिकारीहरुलाई कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नै निवासमा बोलाएर बधाई तथा शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment