Comments Add Comment

३ लाखको गुट्खासहित एक जना पक्राउ

१० असार, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट सुर्तीजन्य पदार्थ तथा गुट्खासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका ८ माइस्थान बस्ने गौतम कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गौतम कुमारले घरकोठामा अवैध रुपमा भण्डारण गरी राखेको अन्दाजी ३ लाख मुल्य बराबरको सुर्तीजन्य पदार्थ तथा गुट्खाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनलाई गुट्खा सहित आवश्यक कारवाहीको लागी वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ । सीमावर्ती रक्सौलबाट अवैध रुपमा गुट्खा तथा सुर्तीजन्य पदार्थ ल्याएर वीरगञ्जमा खुलेआम बिक्री वितरण गर्ने गरिएको छ ।

कानुनी मापदण्ड पुरा नगरेका र भन्सार छलेर ल्याईएका गुट्खा तथा सुर्तीजन्य पदार्थ खुलेआम बिक्री हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment