+
+
Shares

बालुवाटार जग्गा प्रकरण : ८६ जनालाई अख्तियारले बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते १४:३२

११ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा ८६ जग्गाधनी तथा मोहीलाई बयानका लागि बोलाएको छ ।

त्यसमा मीनबहादुर गुरुङका छोरा कल्याण, शोभाकान्त ढकालका पत्नी उमाकुमारी र रामकुमार सुवेदीकी पत्नी माधवी पनि छन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सम्पर्कमा नआएकाहरुको हकमा सार्वजनिक सूचना निकालेर ७ दिनभित्र बयानका लागि आउन भनिएको हो ।

अरु व्यक्तिहरु पनि छानविनको दायरामा आएका छन् । ‘अनुसन्धानका क्रममा रहेकाले को-को छन् भनेर भन्न मिल्दैन’ अख्तियारका प्रवक्ता कोइरालाले भने, ‘सार्वजनिक जग्गा पहिलो पटक जसको नाममा गएको थियो, उनीहरुमध्ये सम्पर्कमा नआएकाहरुका लागि मात्र सूचना निकालिएको हो ।’

हेर्नुहोस् अख्तियारले जारी गरेको सूचना

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?