+
+
Shares

बालुवाटार जग्गा प्रकरण : ८६ जनालाई अख्तियारले बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते १४:३२

११ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा ८६ जग्गाधनी तथा मोहीलाई बयानका लागि बोलाएको छ ।

त्यसमा मीनबहादुर गुरुङका छोरा कल्याण, शोभाकान्त ढकालका पत्नी उमाकुमारी र रामकुमार सुवेदीकी पत्नी माधवी पनि छन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सम्पर्कमा नआएकाहरुको हकमा सार्वजनिक सूचना निकालेर ७ दिनभित्र बयानका लागि आउन भनिएको हो ।

अरु व्यक्तिहरु पनि छानविनको दायरामा आएका छन् । ‘अनुसन्धानका क्रममा रहेकाले को-को छन् भनेर भन्न मिल्दैन’ अख्तियारका प्रवक्ता कोइरालाले भने, ‘सार्वजनिक जग्गा पहिलो पटक जसको नाममा गएको थियो, उनीहरुमध्ये सम्पर्कमा नआएकाहरुका लागि मात्र सूचना निकालिएको हो ।’

हेर्नुहोस् अख्तियारले जारी गरेको सूचना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?