Comments Add Comment

चितवनमा विश्वकप क्रिकेटको सट्टेबाज पक्राउ

११ असार, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार बेलुकी साढे ८ बजेको समयमा भरतपुर महानगरपालिका ३ बस्ने ३३ वर्षका मुकेशकुमार शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले तीन लाख ४५ हजार नगद, विभिन्न कम्पनीको ५ थान मोवाइल र एक थान ट्याब मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

साहको साथबाट विभिन्न बैंक तथा मनि ट्रान्सफरका पैसाको कारोबार सम्बन्धी भौचर दस्तावेजहरु पनि बरामद गरिएको छ । उनको स्थायी घर नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं. ८ हो ।

साह चितवन जिल्लाको मुख्य गिरोहको रुपमा विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

साहविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) को उपदफा ४ बमोजिम मुद्दामा अनुसन्धान कारवाही बढाइएकोे छ । सट्टेबाजीमा संलग्नलाई १ वर्षसम्म कैद र दश हजार रुपैयाँ जरिवानाको कानूनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment