Comments Add Comment

प्रदेश २ का महिलालाई लोकसेवा तयारी कक्षा र आत्मरक्षा तालिम

११ असार, जनकपुरधाम । प्रदेश २ का महिलालाई लोकसेवा तयारी कक्षा र आत्मरक्षाको तालिम दिन शुरु गरिएको छ ।

‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत लोक सेवा उत्तिर्ण गरी जागिर खान सक्ने तथा आफ्नो सुरक्षा आफैं गर्न सक्ने बनाउन तालिम दिन शुरु गरेको छ । बुधबारदेखि शुरु भएको लोकसेवा तयारी कक्षामा १०१ महिलाको सहभागिता छ ।

कौटिल्य इन्स्टिच्युटसँग सहकार्यमा प्रदेश सरकारले पहिलो चरणमा १०१ महिलालाई लोकसेवाको तयारी गराउन लागेको छ । अर्काे चरणमा थप महिलालाई लोकसेवा तयारी कक्षामा सहभागी गराउने प्रदेश सरकारले जनाएको छ ।

यसअघि मंगलबारबाट महिलाहरुको आत्मरक्षाका लागि तालिम दिन शुरु गरिएको छ । प्रदेश २ का आठै जिल्लाका ८÷८ विद्यालयका छात्राहरुलाई आत्म रक्षा तालिम शुरु भएको छ ।

बलात्कार जस्ता हिंसाबाट बच्न आत्म रक्षा तालिम छात्राहरुलाई दिन सुरु गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबले जानकारी दिए । उनले यो तालिमबाट हिंसा गर्न खोज्ने जो कोहीलाई प्रतिकार गरी आत्मरक्षा गर्न सकिने बताए । यो तालिम १५ दिनसम्म सञ्चालन हुनेछ ।

महिला सशक्त नभएसम्म प्रदेश समृद्व हुँदैनः मुख्यमन्त्री

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिलाहरु सशक्त नभएसम्म समाजिक रुपान्तरण सम्भव नहुने भएकाले यस्ता कार्यक्रमहरु गरिएको बताए ।

लोकसेवा तयारी कक्षाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सामाजिक रुपान्तरण नभएसम्म प्रदेश समृद्व नहुने यथार्थलाई बुझदै प्रदेश सरकारले सरकारी सेवामा महिलाहरुको पहुँचलाई सुनिश्चित गर्न लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताए ।

प्रदेश सरकारले महिलाहरुको सशक्तिकरणको लागि ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा, साइकल वितरण, सामुदायिक विद्यालयहरुमा छात्रा मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरु अघि सारेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment