
११ असार, जनकपुरधाम । अढाई बर्षअघि आफ्नै पत्नीको हत्या गरी फरार रहेका धनुषाका एक व्यक्तिलाई प्रहरीले भारतीय सिमानाबाट बुधबार पक्राउ गरेको छ ।
धनुषाको शहीदनगर नगरपालिका १ बस्ने २५ बर्षीय रामसुन्दर यादवलाई प्रहरीले जनकनन्दनी गाउँपालिका १ स्थित नेपाल–भारतको सिमानाबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।
रामसुन्दरले २२ बर्षीय आफ्नै पत्नी मधुदेवीलाई २०७३ साल माघ १० गते राति हातले घाँटी थिची हत्या गरेका थिए ।
हत्या गरेर फरार भएका रामसुन्दरलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4