+

बाबरको शतकमा पाकिस्तान विजयी, न्युजिल्याण्डको पहिलो हार

२०७६ असार  १२ गते ७:०४ २०७६ असार १२ गते ७:०४
बाबरको शतकमा पाकिस्तान विजयी, न्युजिल्याण्डको पहिलो हार

१२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जारी विश्वकपमा न्यूजिल्याण्डको यो पहिलो हार हो । यो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना बढेको छ ।

२३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले खराब सुरुवात गरेको थियो । उसका दुई विकेट छिट्टै गुमे । यद्यपि बाबर आजमले वर्ल्ड कपमा आफ्नो पहिलो शतक प्रहार गरेर टिमलाई जित दिलाए ।

१२७ बलको सामना गरेका बाबरले ११ चौका प्रहार गरे । बाबर वर्लड कपमा शतक प्रहार गर्ने पाकिस्तानका दोस्रो युवा खेलाडी हुन् । उनी म्यान अफ द म्याच चुनिए । त्यस्तै, पाकिस्तानको जितमा हरिस सोहइलले ६८ र मोहम्मद हफिजले ३२ रनको योगदान दिए ।

न्युजिल्याण्डका बोल्ट, फर्ग्युसन र विलियम्सनले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले खराब सुरुवात गरेको थियो । तर न्युजिल्यान्डका लागि जेम्स निशाम र कोलिन डि ग्रान्डहोमले उत्कृष्ट प्रदर्शन गर्दै उकासेका थिए । निशाम ९७ रनमा अविजित रहे भने ग्रान्डहोमले ६४ रनको योगदान दिए । यी दुई जना खेलाडीले १३२ रनको साझेदारी गर्दै न्युजिल्यान्डको पारी उकासेका थिए ।

पाँच रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्यान्डले ८३ रन हुँदा पाँच विकेट गुमाइसकेको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलिम्यसनले ४१ रन बनाएका थिए । बलिङतर्फ शाहिन शाह अफि्रदीले तीन विकेट लिए ।

जारी वर्ल्ड कपमा खेलेका सात खेलमा न्यूजिल्याण्डको यो पहिलो हार हो । पाकिस्तानले सात खेल खेल्दै तीन खेलमा जित, तीन खेलमा हार र एक खेलमा पानीको कारण अंक बाँड्दै ७ अंक बनाएको छ । पाकिस्तानले अब अन्तिम दुई खेल खेल्दैछ । अफगानिस्तानसँग र अन्तिम बंगलादेशलाई पराजित गरे पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउने छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय