
१२ असार, काठमाडौं । सडकमाथिबाट खसेको लेदोले बिहीबार बिहान २ः३० बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
लेदोले पुरिएको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारदेखि महेशदोभान बजारसम्मको एक किलोमिटर सडकको अवरोध एकतर्फी पन्छाएर सवारी सञ्चालनमा ल्याइएको हो ।
सडकलाई पूर्ववत सञ्चालनमा ल्याउन अहिले गाउँपालिका र बालुवाखानी व्यवसायीको डोजर प्रयोग गरेर काम भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्धपछि बिहीबार बिहानैदेखि लाइनमा फसेका सवारीलाई सडक एकतर्फी सञ्चालनमा आएपछि पालैपालो गन्तव्यतर्फ पठाउन थालिएको छ ।
देशकै प्रमुख लाइफलाइन पृथ्वीराजमार्ग अवरुद्धपछि सडकका दुवैतर्फ लामो लाइन लागेको थियो । जुन विस्तारै कम हुँदै गएको छ ।
सडकभन्दा माथिबाट बालुवा निकाल्ने गरिएकाले यो क्षेत्रकाे सडकमा लेदोको समस्या देखिँदै आएको छ । त्यस्तै, राजमार्ग माथिबाट खनिएको सडककाे लेदोले पनि समस्या आउने गरेको गुनासो स्थानीयले गरेका छन् ।
प्रतिक्रिया 4