Comments Add Comment

निर्माण व्यवसायीको गुनासो–अलकत्रा नै पाइदैन कसरी काम गर्ने ?

असारे विकास प्रभावित हुने संकेत

१२ असार, बुटवल । असारे विकास सक्ने चटारो बढिरहेका बेला निर्माण व्यवसायीहरुले अलकत्रा अभाव भएको बताएका छन् ।

भारत र तेश्रो मुलुकबाट नेपाल आयात हुने अलकत्रा र मट्टीतेलको अभाब हुँदा काम गर्न समस्या भएको निर्माण व्यवसायीहरुको गुनासो छ ।

भारतबाट नेपाल आयात हुने अलकत्रको आयात दर ९९ प्रतिशत (गाडी संख्याको आधारमा) कम भएपछि रुपन्देही क्षेत्रमा सडक निर्माणको काम प्रभाबित भएको छ ।

अहिले प्रदेश ५ मा विकासको चरणमा रहेका सडक आयोजना निर्माण सम्पन्न गर्नका लागि झण्डै ५ सय ट्रक अलकत्र आवश्यक पर्ने लुम्बिनी निर्माण ब्यबसायी संघ बुटवलका अध्यक्ष मोहनलाल जोशीले बताए ।

ब्यबसायी संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै निर्माणका लागि चाहिने कच्चा पदार्थ बिटुमिन,अलकत्र र मट्टीतेल पाइनै छाडेको बताए ।

‘राज्यको निरिहपनका कारण हामीले दुःख पायौं,हामीले काम सकिदिनुपर्ने राज्यले नाक फुलाउने हामीलाई राज्यले सहजीकरण गर्नु पर्दैन ?’ लुम्बिनी निर्माण ब्यबसायी संघ बुटवलका पूर्वअध्यक्ष जीवन कक्षपतीले भने ।

‘निर्माणमा समय तोक्ने,आबश्यक कच्चा पर्दाथको अभाब छ,हामीले कहाबाट ल्याउने अलकत्र, कसरी समयमै निर्माण सकिन्छ ?’ उनले प्रश्न गरे ।

अहिले हरेक क्षेत्रका सडकमा धमाधम कालोपत्रेको काम भैरहेको छ । यसअघि उनीहरुले प्रदेश ५ को भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीलाई सहजीकरण गर्न भन्दै ज्ञापनपत्र पनि बुझाएका थिए ।

निर्माण व्यवसायी यदुनाथ पाण्डेले सरकारले सहजीकरण गरिदिएमा निर्माणाधीन अवस्थामा रहेका ७० प्रतिशत काम समयमै सकिने दाबी गरे ।

लुम्बिनी निर्माण व्यबसायी संघ बुटवलका सचिब ज्ञानबहादुर पुनले आफूहरुको चाहना समयमै निर्माण सकेर रकम भुक्तानी लिने भएको बताए ।

तर, राज्यले निर्माण सकेका आयोजनाको रकम भुक्तानी नदिएर विकास निर्माणमा असहयोग गरेको छ गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment