Comments Add Comment

५५ लाखमा गैंडाको खाग कारोबार, ३ जना पक्राउ

१२ असार, काठमाडौं । प्रहरीले काठमाडौं-२७, ढल्कुबाट गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको चुमनुब्री-३, सिर्दिवासका ५३ वर्षीय लालबहादुर गुरुङ छन् ।

महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार गुरुङसँगै सेतो सिसाको पत्थरसहित धादिङका ३३ वर्षीय अष्टबहादुर थिङ र ३४ वर्षीय गोविन्दप्रसाद मोक्तान पनि पक्राउ परेका छन् ।

उनले भने, ‘महानगरीय प्रहरी वृत्त, लैनचौरका डीएसपी सन्तोषसिंह राठौरसहितको टोलीले लालबहादुरको कोठामा छापा हानेर ३ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।’

बोगटीका अनुसार उनीहरुले ५५ लाख रुपैयाँमा गैंडाको खाग विक्री गर्न लागेका थिए । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको छ ।

चितुवाको छाला र हड्डीसहित दुई पक्राउ

यसैबीच, प्रहरीले काठमाडौंको मित्रनगरमा रहेको एक होटलबाट चितुवाको छापा र टाउकोको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द-४ का २४ वर्षीय मिश्रुङ चेम्जोङ र ३० वर्षीय प्रशान्त दास चेम्जोंङ छन् ।

डीएसपी होगटीका अनुसार महानगरीय प्रहरी वृत्त, बालाजु र प्रहरी प्रभाग गोंगबुको संयुक्त टोलीले छापा नवदुर्गा गेष्ट हाउसमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment