Comments Add Comment

सप्तरीका दुई नगरपालिकामा डेंगुका बिरामी भेटिए

१२ असार, जनकपुरधाम । सप्तरीको दुईवटा नगरपालिकामा डेंगुको रोगी फेला परेका छन् । जिल्लाको पूर्वी तथा उत्तरी भेग कंचनरुप र सप्तकोशी नगरपालिकामा डेंगुको बिरामी फेला परेको हो । यी दुबै नगरपालिका टाँसिएकै छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका अनुसार सप्तकोशी नगरपालिकामा हालै एक जनामा डेंगुको संक्रमण देखापरेको छ । सप्तकोशी नगरपालिका वडा नम्बर २ निवासी २६ वर्षषीया एक महिलामा डेंगुको संक्रमण देखापरेको हो ।

निरन्तर ज्वरोबाट पीडित बनेकी उनी कंचनपुरस्थित प्राथमिक स्वास्थ्य केन्ऽमा जँचाउन आइन् । कंचनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले ल्याबमा चेकजाँच गर्दा उनमा डेंगुको संक्रमण देखिएको बताए ।

उनकी दिदीहरु धरानमा बस्दै आएको र उनी उता जाँदा संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

एकरिब दुई साताअघि कञ्चनरुप नगरपालिकामा समेत डेंगुको बिरामी फेला परेका थिए । कंचनरुप ६ निवासी २७ वर्षीय रामकान्त चौधरी र उनका भाइ देवकान्त चौधरीमा डेंगुको संक्रमण देखिएपछि हाल रामकान्तको विराटनगरस्थित कोशी अञ्चल अस्पतल र देवकान्तको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यी दुबैलाई पनि धरानमै डेंगु सरेको पुष्टि भएको छ । चौधरी दाजुभाइ धरानमा ग्रिल तथा फलामको काम गर्दै आएका छन् । धरानमा अहिले डेंगु संक्रमण व्याप्क रुपमा देखापरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment