Comments Add Comment

जनकपुरमा ११४ बालिकालाई साइकल बितरण

१२ असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कक्षा ८ मा अध्ययनरत बालिकाहरुलाई साइकल बितरण गरेका छन् । उनले जनकपुरस्थित एक सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ११४ जना बालिकालाई बिहीबार साइकल बितरण गरेका हुन् ।

जनकपुरधामस्थित सकल भवन कन्या माविका बालिकाहरुलाई ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत साइकल बितरण गरिएको छ । विद्यालय प्राङ्णमा आयोजित एक कार्यक्रमकाबीच साइकल बितरण गर्दै मुख्यमन्त्री राउतले अब टाढा-टाढाबाट विद्यालय आउने बालिकाहरुलाई सहज हुने बताए ।

मुख्यमन्त्री राउतले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत शिक्षा बीमा, महिला मैत्री शौचालय अन्तर्गतको कामलाई अघि बढाइएको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्रै नभई सरकारी सेवामा प्रवेश गराउन ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताए ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले छोरीहरुलाई शिक्षा र रोजगारका साथै आत्मरक्षाका लागि समेत सक्षम बनाउने गरी काम गरिरहेको बताए ।

प्रदेश सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत प्रदेश अन्तर्गतका आठै जिल्लाको कक्षा ८ मा अध्ययनरत १४ हजार बालिकालाई चालु आबमा साइकल बितरण गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment