
१२ असार, काठमाडौं । यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड पाएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् ।
आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।
नेकपाकी सचेतक चौधरीले महेन्द्र मावि तुलसीपुरबाट परीक्षा फर्म भरेकी थिइन् । उनी २०७३ सालमा मावि डाडागाउँमा कक्षा आठमा भर्ना भएकी थिइन् ।
८ र ९ कक्षामा उनी नियमित कक्षामा सहभागी भएकी थिइन् भने १० कक्षामा भने विद्यालयमा नगई पढेकी थिइन् । चौधरी ३८ वर्षमा एसईई परीक्षामा सहभागी भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4