Comments Add Comment

एसईईमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु’

नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् ।

उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् ।

करिश्माले अनलाइनखबरसँग भनिन्, ‘यो रिजल्टबाट म एकदमै खुशी छु । अब व्यवस्थापन पढ्छु ।’ नायिका मानन्धरले आफूलाई सामाजिक र जनसंख्या विषयमा केही शंका लागेको समेत बताएकी छिन् ।

‘मैले ढिलो पुगेर सोसलमा २ वटा प्रश्नको उत्तर लेख्न पाएको थिइनँ’, उनले भनिन्, ‘मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ । तर, पछि छाडेर पपुलेशन पढेँ ।’

करिश्माले अगाडि भनिन्, ‘मैले पपुलेशन जाँचको एकदिन अगाडि मात्र पढेको थिएँ । फेरि त्यो दिन म चाँडै नै निस्किएँ । म त्यसमा चुकेको थिएँ ।’ यदी पढ्न पाएको भए अझै राम्रो आउन सक्ने उनले बताइन् ।

तर, आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् ।

यो पनि पढ्नुहोस एसईई परीक्षाको नतिजा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment