Comments Add Comment

५० जनाको एसईई रद्द, तीनखाले गडबडीले विद्यार्थीलाई तनाव

१२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७५ सालको एसईई परीक्षामा ५० विद्यार्थीको नतिजा रद्द भएको छ । तर, विभिन्न तीनवटा कारणले विहीबार नतिजा रोकिने विद्यार्थी चाहिँ अरु पनि छन्, सजका सम्बन्धमा आफूहरु गम्भीर रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

दुई जना विद्यार्थीको सबै विषयको नतिजा रद्द भएको छ । ४८ जनाको एउटा विषयको मात्रै नतिजा रद्द भएको छ ।

‘परीक्षा मर्यादित र अनुशासित भए पनि केही केन्द्रमा मर्यादा उल्लंघन भयो । मर्यादा विपरीत कार्य गर्ने एकजना र गलत विवरण भरेर आवेदन गर्ने एकजना गरी दुईजनाको सबै विषय रद्द गरियो’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दुईजनाको सबै विषय र ४८ जनाको एक विषय गरी कुल ५० जनाको परीक्षा रद्द भएको छ ।’

यो पनि पढ्नुहोस एसईई परीक्षाको नतिजा प्रकाशित

अन्य कारणले नतिजा आउन नसकेका विद्यार्थीहरुको हकमा भने सम्बन्धित विद्यालय र विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सक्ने अधिकारीले बताएका छन् । उनका अनुसार कतिपय विद्यार्थीको सिम्बल नम्बर अस्पष्ट भएकाले नतिजा आएको छैन ।

केही विद्यार्थीको प्रयोगात्मक परीक्षाको नम्बर प्राप्त नभएकाले नतिजामा गडबडी भएको छ भने केही विद्यार्थीको चाहिँ तोकिएको उमेर नपुगेका कारण नतिजा रोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक अधिकारीले विहीबार पत्रकार सम्मेलनमा भने, ‘परीक्षामा त्रुटि नहोस् भनेर सक्दो सावधानी अपनाइएको छ । त्यति हुँदाहुँदै पनि सिम्बल नम्बर स्पष्ट नहुने, प्रयोगात्मक नम्बर प्राप्त नहुने, तोकिएको उमेर पूरा नहुनेहरुका लागि छुट विवरण उपलब्ध गराउन विद्यार्थी र सम्बन्धित विद्यालयलाई आग्रह गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment