+
+
Shares

एसईईमा ग्रेड कम आए के गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १८:०३

१२ असार, काठमाडौं । पुरानो एसएलसीको रिजल्ट सुन्ने बानी परेकाहरु एसईईको नतिजा आयो भन्नासाथ प्रश्न गर्छन्- यस वर्ष कतिजना पास भएछन् ? अनि कति विद्यार्थी फेल भएछन् ? तर, ग्रेडिङ सिस्टमले एसएलसीवालाहरुको पुरानो प्रश्नको सहज जवाफ दिँदैन । अर्थात यो प्रणालीमा विद्यार्थीलाई सीधै फेल भएको मानिँदैन । उनीहरु ग्रेडिङमा कम हुन सक्छन् । तर, ग्रेड सी वा सोभन्दा कम नम्बर प्राप्त गर्नेहरुले पूरक ग्रेडवृद्धिको परीक्षा दिन पाउँछन् ।

यस वर्ष कक्षा १० को नियमित समूहको साधारण धारतर्फ ४ लाख ४९ हजार ६ सय ४२ जना र प्राविधिक धारतर्फको ९ हजार ६ सय ३३ गरी कुल ४ लाख ५० हजार २७५ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयले भनेको छ, ‘नियमिततर्फ सैद्धान्तिक विषयको बढीमा २ विषयसम्म सी वा सीभन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीहरुले ग्रेडवृद्धिका लागि पूरक ग्रेडवृद्धि परीक्षामा सामेल हुन सक्नेछन् ।’

पूरक ग्रेडवृद्धि परीक्षाको तालिका पछि प्रकाशित गरिने परीक्षानियन्त्रण कार्यालयले जनाएको छ ।

त्यसैगरी नतिजामा चित्त नबुझेमा सम्बिन्धत परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने छ । यसका लागि प्रतिविषय ५ सय रुपैयाँ शुल्क लाग्ने छ । यसका लागि परीक्षा नियन्त्रण कार्यालय, प्रदेशस्थित शिक्षा निर्देशनालय वा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?