Comments Add Comment

पर्‍यो भने ओलीको सरकार पनि ढाल्छौं : देउवा

१३ असार, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरे सरकार ढाल्ने चेतावनी दिएका छन् ।

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरी विधेयकहरु ल्याएको भन्दै उनले यो पारित हुन नदिने बताए ।

शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘हामी प्रजातान्त्रिक अधिकारका लागि लडेरै आएका हौं । राणा, पञ्चायत र ज्ञानेन्द्रको शासन ढालेको भन्दै उनले भने, ‘भोलि पर्‍यो भने ओलीको सरकार पनि ढाल्छौं ।’

सरकारले आफ्नो पार्टीप्रति प्रतिवद्ध प्रहरी, कर्मचारी प्रशासन र अदालत बनाउन खोजेको उनको आरोप छ । देउवाले गुठी विधेयक फिर्ता लिएपनि भोलि षड्यन्त्र गरेर ल्याउन सक्ने भन्दै उनले सचेत रहन आग्रह गरे ।

देउवाले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्न माग समेत गरेका छन् ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी लगायतका ठूला भ्रष्टाचार काण्डबारे छानविन गर्न माग गरे । उनले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभाव नगर्न सरकारलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment