+
+
Shares

संसदमा इटहरीका मेयरलाई कारवाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते १७:२१

१३ असार, काठमाडौं । निरन्तर विवादित अभिव्यक्ति दिँदै आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका हुन ।

कांग्रेस कोषाध्यक्ष समेत रहेकी सांसद सीतादेवी यादवले सम्पूर्ण महिलामाथि अपमानजनक शब्द प्रयोग गर्दा पनि मेयरलाई अहिलेसम्म कारवाही किन नगरेको भन्ने प्रश्न गरिन् । उनले बैठकमा भनिन्, ‘यस्तो घृणित काम गर्ने मेयरलाई तुरुन्त कारवाही गर्न जोडदार माग गर्दछु ।

नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले शुक्रबार प्रतिनिधिसभा बैठकमा भनिन्, ‘स्थानीय तहदेखि संघीय तहसम्मका कतिपय जनप्रतिनिधिका अभिव्यक्तिले मतदाताको समेत शीर निहुर्‍याउनु पर्ने अवस्था देखिएको छ ।’

जनप्रतिनिधिको बोली अशिष्ट मात्रै होइन आपराधिक समेत भएको सांसद पाण्डेको भनाई छ । उनी भन्छिन्, ‘गल्ती अनुसारको कारवाही सबैलाई हुन्छ भन्ने सन्देश प्रवाह गर्न त्यस्ता अभिव्यक्ति दिनेमाथि यथाशीघ्र कारवाहीको प्रक्रिया अगाडि बढाइयोस् ।’

अर्की सांसद लक्ष्मी परियारले इटहरी नगरपालिकाका मेयरले अपमानजनक शब्द प्रयोग गरेर महिलाको इज्जतमाथि खेलवाड गरेको बताइन् । उनले भनिन्, ‘इटहरीका मेयर द्वारिकलाल चौधरीको अहमता के लागि हो ? ५१ प्रतिशत महिलाबारे अपमानजक शब्द प्रयोग गर्ने उहाँलाई सरकारकाले कारवाही गरोस् ।’

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले इटहरीका मेयर चौधरीले नारीको अपमान गरेको भन्दै यो घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताए । बैठकको सुरुमै समय लिएर बोल्दै उनले नागरिकको अपमान गर्ने अधिकार कसैलाई नभएको जिकिर गरे ।

‘सबैको घरमा आमा छन्, सहयात्री छन्, सबैको घरमा छोरी बुहारी छन्, त्यसैले नारीको अपमान गर्ने कार्य हाम्रो पार्टीले घोर विरोध गर्छ, कुनै पनि जनप्रतिनिधिले कुनै पनि नेपालीले नारीमाथि अपमान गर्ने छुट छैन, त्यसमा सरकार गम्भीर बनोस् यस्ता विचार अभिव्यक्त गर्नेहरु पनि सच्चियुन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?