Comments Add Comment

पर्सामा १ सय ६० सदस्यीय नेकपा जिल्ला कमिटि

१३ असार, वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टीको पर्सा जिल्ला कमिटि गठन भएको छ । पार्टी एकीकरण भएको लामो समयपछि एकीकृत जिल्ला कमिटि गठन गरिएको हो ।

तत्कालिन नेकपा एमालेबाट ५० प्रतिशत र माओवादी केन्द्रबाट ५० प्रतिशत सदस्य समावेश गरेर नयाँ जिल्ला कार्य समिति गठन गरिएको छ ।

जिल्ला कमिटिको अधिकतम सदस्य संख्या १ सय ६५ हुनुपर्ने निर्देशन पार्टीको रहेकोमा पर्सामा १ सय ६० सदस्यीय कमिटि गठन गरिएको छ । साविक नेकपा एमालेबाट अध्यक्ष र ८४ सदस्य र साविक माओवादी केन्द्रबाट सचिवसहित ७९ सदस्य बनाउन सक्ने भनिए पनि दुवै पार्टीबाट ८०/८० जना ल्याएर जिल्ला कमिटि बनाईएको छ ।

प्रदेश कमिटिले नै नामावली पठाएको पार्टीका जिल्ला संयोजक प्रभु हजराले जानकारी दिए । जिल्ला कमिटिको सपथग्रहणको कार्यक्रम पनि प्रदेशले नै तय गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment