Comments Add Comment

बजेट छरिनुमा केन्द्र सरकार दोषी : मुख्यमन्त्री राई

१३ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको बजेट वितरणमुखी र आकार ठूलो हुनुमा संघीय सरकार र प्रदेश सांसद पनि दोषी रहेको आरोप लगाएका छन् ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको शुक्रबार जवाफ दिँदै उनले भने ‘बजेट वितरणमुखी र भद्दा हुनुमा प्रदेश सरकार मात्र दोषी छैन, संघीय सरकारदेखि स्वयं प्रदेशका माननीयहरुप नि दोषी हुनुहुन्छ ।’

मुख्यमन्त्री राईले अगाडि भने, ‘हामी बाध्य भएका छौं, बजेट छर्न नहुने, ठोस–ठोस काममा केन्द्रित गरी नतिजा निकाल्नुपर्छ भन्ने मान्यता थियो । तर म बाध्य छु, हामी बाध्य छौ, संघीय सरकारबाट १२/१५ हेक्टरमा जमिनमा सिचाई गर्न योजना पठाइएको छ, हजारका लाखका योजनाहरु प्रदेशमा पठाइएको छ, आदि इत्यादि ।’

मुख्यमन्त्री राईले प्रदेशभित्रका सबै टोल, समुदाय, ठाउँलाई सम्बोधन गर्नुपर्ने बाध्यतामा सरकार रहेकाले बजेट छरिएको जिकिर गरे ।

मुख्यमन्त्री राईले आगामी बर्षदेखि विधि र नियम बनाएर बजेटको बेथिती अन्त्य गर्ने आश्वासन पनि दिए । उनले आफ्नो जिल्ला भोजपुरमा योजना पार्न कसैलाई दबाब नदिएको पनि बताए ।

प्रदेश सभा बैठकमा पेश भएको विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले सरकारले ल्याएको बजेट खासमा मुख्यमन्त्रीको गृह जिल्ला भोजपुर केन्द्रित भएको भन्दै मुख्यमन्त्री शेरधन राईको आलोचना गरेका थिए ।

शुक्रबारको प्रदेश सभा बैठकमा सत्तापक्षका सांसद राजेन्द्र राईले सरकारले ल्याएको बजेट बितरणमुखी हुनका साथै मुख्यमन्त्रीमुखी समेत भएको टिप्पणी गरेका थिए ।
सांसद राईले आफू पनि भोजपुर जिल्लाकै भएकाले बजेटमा सबै भन्दा बढी भोजपुरलाई समेटेको भन्दै सबलै आलोचनात्मक र ब्यंग्यात्मक बधाइ खानुपरेको भन्दै आफू दोहोरो मारमा परेको बताएका थिए ।

प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीले सम्हालेको भौतिक योजना मन्त्रायलअन्तर्गत विनियोजन गरिएका विभिन्न कार्यक्रम सानो÷सानो इकाइमा साना र फुटकर योजनालाई प्रस्तुत गरेर सरकारले जग हँसाउने काम गरेको आरोप लगाए ।

उनले मुख्यमन्त्रीको गृह जिल्ला भोजपुरमा मात्र प्रदेशकै सबै भन्दा बढी योजना केन्द्रित गर्नुले मुख्यमन्त्री राई प्रदेशको मुख्यमन्त्री नभएर भोजपुरको जिल्ला समन्वय समितिको सभापति जस्तो भांन भएको भन्दै मुख्यमन्त्रीमाथि कंटाक्ष समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment