Comments Add Comment

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा अध्यक्ष पक्राउ

१३ असार, गोरखा । छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा पालुङटार नगरपालिकाको अमरज्योति जनता माविका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपाने पक्राउ परेका छन् ।

मंगलबार राति दुई बजे छात्रावासमा सुतिरहेकी छात्रालाई झ्यालबाट हात छिराएर सिरक तान्ने प्रयास गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका हुन् ।

न्यौपानेलाई सार्वजनिक हित विरुद्धको कसुर अन्तर्गत मुद्धा दर्ता गरी दश दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका न्यौपानेले भने आफूलाई सुनियोजित तवरले फसाउन खोजिएको बताएका छन् ।

विव्यस अध्यक्षलाई कारवाहीको माग गर्दै विद्यार्थीले विद्यालयमा पठन पाठन बन्द गराएका छन् । अध्यक्षले १२ कक्षामा पढ्ने छात्रालाई दुब्र्यवहार गरेकाले कारवाहीको माग गर्दै मगलवारदेखि परीक्षा बाहिस्कार गरेका हुन् ।

विद्यार्थीले परीक्षा बहिस्कार गरेपछि विद्यालयले वर्षेबिदा गरेको छ भने बाँकी तीनवटा विषयको परीक्षा साउन पहिलो हप्ता विद्यालय सुचारु भएपछि लिने तयारी रहेको प्रधानाध्यापक माधवराज देवकोटाले बताए ।

छात्राले दुर्व्यवहार भएको बताएपछि शिक्षक अविभाबक संघका अध्यक्ष, प्रधानाध्यापक, ब्यवस्थापन समितिका सदस्य, पीडित बालिका र आफन्तसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment