
१३ असार, काठमाडौं । दुबै हत्केला नभएकी छात्रा सविता थापाले यस वर्षको एसईई परीक्षामा ३.३५ जीपीए ल्याइन् । खगेन्द्र नवजीवन विद्यालयकी छात्रा उनको नतिजाबाट उनीमात्र होइन, विद्यालय र अभिभावक पनि खुशी छन् ।
करेन्ट लागेर हत्केला गुमाएकी उनले सहयोगी राखेर परीक्षा दिएकी थिइन् । एसईई परीक्षामा राम्रो नतिजा ल्याएपछि शुक्रबार विद्यालयमा सविताको सम्मान गरिएको छ । उनलाई परीक्षा राम्रो शिक्षकहरुले नगद पुरस्कार दिने घोषणा गरेका थिए ।
शुक्रबार उनलाई शिक्षकहरुले नगद पुरस्कार पनि प्रदान गरे ।
अब उनी विज्ञान संकाय पढ्ने योजनामा छिन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4