+
+
Shares

पार्टी एकतामा आउन राणा र लोहनीलाई कमल थापाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते २०:०१

१३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकतामा आउन राप्रपा संयुक्तका नेताहरु पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई आग्रह गरेका छन् ।

उनले पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको पनि बताए । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस र कम्युनिष्टको वैचारिक असफलता विरुद्धमा वैचारिक दर्शन जनताको रोजाई हुने बताए ।

अध्यक्ष थापाले आफूहरुले बीपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पीडा र छटपटी हुनु विडम्वना भएको बताए । कार्यक्रममा राप्रपा संयुक्त त्यागेर दुई सय पचास जना नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेको राप्रपाले दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?