Comments Add Comment

भरतपुर नगरपालिकाका संस्थापक मेयरको निधन

१३, असार, चितवन । तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको शुक्रबार निधन भएको छ । नारायणगढस्थित आफ्नै निवासमा चुकेको विहान निधन भएको हो ।

२०६२ सालमा मर्निङ वाकको समयमा मोटरसाइकलले ठक्कर दिएपछि उनी अस्वस्थ बनेका थिए । त्यसयता उनको अधिकांश समय घरमा नै वित्ने गरेको थियो । चुके २०४८ सालदेखि २०५४ सालसम्म तत्कालिन भरतपुर नगरपालिकाको मेयर बनेका थिए ।

चुके २०३५ सालमा तत्कालीन भरतपुर नगरपञ्चायतको मेयर बनेका थिए । प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षिय सांसदसमेत बने । उनका तीन छोरा र एक छोरी छन् ।

चुकेको शनिवार विहान ८ बजे निवासमा त्यसपछि कांग्रेस चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गरेपछि देवघाटमा लगेर अन्त्येष्टि गरिने उनका आफन्त दिनेश चुकेले जानकारी दिए ।

नेपाली कांग्रेसले विज्ञप्ति मार्फत चुकेको निधनप्रति शोक व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment