+
+
Shares

मापसे गरेर कार चलाउँदा जमलमा ‘भयानक’ दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १४ गते ८:४०

१४ असार, काठमाडौं । काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन ।

दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।

‘चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । दुर्घटना भयानक भए पनि सबै सकुशल छन्,’ दरबारमार्ग प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कार कामै नलाग्ने गरी क्षतविक्षत भएको छ ।’

उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएको छ । दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछुटि्टएको देखिन्छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ ।

दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?