+
+
Shares

जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १४ गते ११:४२
Photo Credit : जानकी गाउँपालिका

१४ असार, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले वडा नं. ४ का ४६ जनाले वृक्षारोपण र सडक मर्मत सम्भारको काम गर्ने गरी रोजगार कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले छ वटै वडामा रोजगार कार्यक्रमको योजना बनिसकेकाले गाउँपालिकाभर नै प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिने जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जानकी गाउँपालिकामा ३ हजार जनाले रोजगारीको लागि निवेदन दिएका छन् । रोजगार संयोजक सीमा चौधरीका अनुसार, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको लागि जानकी गाउँपालिकामा ३१ लाख रुपैयाँ बजेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?