+
+
Shares

सबै दलको परराष्ट्र नीति एउटै हुनुपर्छ : प्रधानमन्त्री ओली

'भारतसँग खटपट अन्त्यको प्रयास जारी'

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १४ गते १२:०३

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएका छन् ।

नेपालको पराराष्ट्र नीतिबारे परराष्ट्र मन्त्रालयले शनिबार पहिलो पटक आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको सम्बन्धमा सिंगो देश एक हुनुपर्नेमा जोड दिएका हुन् ।

ओलीले भने, ‘परराष्ट्र नीतिमा सिंगो देश एक हुनुपर्छ । एउटै भाषा बोल्नुपर्छ । सरकारले एकलौटी काम गर्दैन ।’

नेपालको परराष्ट्र नीतिलाई सबैले चासोपूर्वक हेरिरहेको बताउँदै ओलीले छिमेकीसहित सबै राष्ट्रलाई हेर्ने नीति एउटै हुनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीले भारतसँग बेला-बेलामा भइरहने खटपट अन्त्यको प्रयास भइरहेको जानकारी पनि दिए । नेपालले कसैबाट हेपिएको महसुस गर्नु नपरोस् भन्दै उनले नेपालले पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए ।

नेपालको अहिलेको आवश्यकता लगानी हो भन्दै उनले त्यहीअनुरुपको परराष्ट्र नीति अवलम्बन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?